वसन्तको जाली रुमाल भिडियोमा

0
Shares

फिल्मी संगीतमा समेत छाएका संगीतकार बसन्त सापकोटाको संगीत, शब्द र स्वर रहेको नयाँ गीत जाली रुमाल म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ।
रिकेश गुरुङ किजको संगीत संयोजनमा तयार भएको गीतको भिडियो आकर्षक बनेको छ। के एण्ड के प्रोडक्सनले निर्माण गरेको म्युजिक भिडियो सार्वजनिक गर्दै संगीतकार सापकोटाले दर्शकको माया पाउने बिश्वास ब्यक्त गरे।
राजधानीको रमणिय स्थानहरुमा छायांकन गरिएको भिडियोमा मोडल निराजन प्रधान र नायिका मरिष्का म्यारी पोखरेलले अभिनय गरेका छन्। उत्सव दहालको सिनेम्याटोग्राफीमा तयार भएको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन्। सुरेन बसेलको कोरियोग्राफी रहेको म्युजिक भिडियोलाई अर्ज‘न अधिकारीले निर्देशन गरेका हुन्।