बिपत्ती भुलाउन कन्सर्ट

0
Shares

रामधन राई,खोटाङ ।
खोटाङस्थित हलेसीमा आगलागीका कारण उत्पन्न बिपत्तीलाई बिर्सेर सामान्य जीवनमा फर्कन सन्देश दिने उदेश्यले सोही स्थानमा बृहत सांगीतिक कन्सर्ट आयोजना गरिएको छ। आगलागीका कारण ८ भन्दा बढी घरपरिवारको गाँसबास उजाड्ने गरी उत्पन्न बिपद् ब्यवस्थापन तथा प”र्नस्थापनाको सन्देश दिने उदेश्यसहित गरिमा कला डान्स सेन्टर खोटाङले बिहिबार कन्सर्टको आयोजना गरेको हो।
हलेसी मन्दिरको प्राङगणमै गरिएको कन्सर्टमा चर्चित गायिका बानिका प्रधान, गायक राज लिम्बु तथा गरिमा कला डान्स सेन्टरका कलाकारको बेजोड प्रस्तुति रहेको थियो। आगलागीमा घर तथा सम्पति गुमाएका हलेसी तुवाचुङ नगरपालिका७ महादेबस्थानका व्यवसायी मगम राई, उचितबहादुर राई, तम्बराज राई र अम्बराज राईलगायतका व्यवसायीलाई दिल खोलेर सहयोग गर्न आब्हान गर्दै आयोजना गरिएको कन्सर्टमा उल्लेख्य उपस्थिती रहेको थियो। मेयर ईवन राईको प्रमुख आतिथ्यमा सम्पन्न कन्सर्टको अभिभाबकको रुपमा संकेत गर्दै स्थानीय समाजसेवी हर्कराज राईलाई अध्यक्षता ग्रहण गराईएको थियो। संस्थागत बिकासका लागि प”र्व रुपमा निर्धारण गरिएको कार्यक्रम भए पनि बिपद्लगत्तै मिति परेकाले आर्थिक संकलन नभई पीडित मनहरुमा उत्साह भर्ने उदेश्य बनाईएको कार्यक्रम संयोजक सुवास शंकरले बताए। कार्यक्रममा कलाकारहरुले प्रसिद्ध स्थलमा उत्पन्न बिपतप्रति दुःख ब्यक्त गरेका थिए। गत मंगलबार राती मगम राईको घरबाट सुरु भएको आगोले ५ करोड ११ लाख १५ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ।