लोकगीतबाट जीवन चलाउनै गार्हो

0
Shares

वीरगन्ज, (नेस)। कला र गला भए कुनै कुराले पनि छेक्न सक्दैन भन्ने उदाहरण युवा लोक गायक बीरेन्द्र ढकालले पेश गरेका छन्। २०४७ सालमा गोर्खाको हालको अजिरकोट गाउँपालिकाको वडा नम्बर १ मा जन्मिएका ढकालले हालसम्म एक दर्जन लोक तथा दोहोरी गीतहरु बजारमा ल्याएका छन्। तीजसहित समसामयिक लोक तथा दोहोरी गीत गाइरहेका ढकालले यसैलाई पेशा बनाउन भने सकेका छैनन्।
उनले सानैदेखि लोक तथा दोहोरी गीतमा प्रभावित भएकाले र पुराना लोक गायकहरुको प्रेरणाले यो क्षेत्रमा लागेको नेपाल समाचारपत्रलाई बताए। धादिङको एक सरकारी बिद्यालयका स्थायी शिक्षक रहेका ढकालले हालसम्म आधा दर्जनभन्दा बढी लोक तथा दोहोरी गीतमा अभिनयसमेत गरेको बताए। लोक संगितबाट नै जीवनयापन गर्न सकिने अवस्था अझै नेपालमा बनिनसकेको उनले बताए। नाम चलेका र पुराना कलाकारहरुलाई बांच्न सजिलो भएपनि आफ”जस्ता नयाँ कलाकारका लागि अझै धेरै संघर्ष गर्नुपर्ने अवस्था रहेको बताए।