१९ वर्षे करियरमा तल्लैबाट फाल हाले निखिलले

0
Shares

आप्mनो फिल्मी करियरको पहिलो फिल्म पिंजडाका लागि ७ तल्लाको भवनबाट फाल हानेर साहसिक र खतरनाक एक्सन प्रस्तुत गरेका एक्सन नायक निखिल उप्रेतीले त्यसैसँग नाम जोडेर निर्मित फिल्म पिंजडा ब्याक अगेनका लागि १९ तल्लाबाट फाल हाल्ने अर्को साहस देखाएका छन्।

‘खासमा यो फिल्ममा निखिलजीलाई १९ तल्लाबाट फाल हाल्न लगाउनुपर्ने स्टोरीको डिमान्ड नै थिएन। तर पहिलो कुरा त उहाँको डेब्यु फिल्म पिंजडामा उहाँले ७ तल्लाबाट फाल हालेको मन पराइएको थियो। दोस्रो कुरा यो पिंजडामै व्याक अगेन थपेर बनाईएको फिल्म हो। त्यसैले हामी यसको सुटिङका लागि जहाँ जहाँ जान्थ्यौं, त्यहाँका अर्डियन्सले यसमा निखिलले कति तल्लाबाट हाम फाल्छन् भनेर सोधिरहन्थेु यसै फिल्मबाट निर्देशन यात्रा शुरु गरेका द्धन्द्ध निर्देशक हिमाल केसीले नेपाल समाचारपत्रसँग कुरा गर्दै भने ‘त्यसैले दर्शककको रुचि र चासोलाई ध्यानमा राखेर यसमा निखिलजीलाई भत्तपुरको ठिमीस्थित राधेराधेअगाडिको भवनको १९ तल्लाबाट फाल हाल्न लगाइएको हो। जसले फिल्मलाई चासोको विषयसमेत बनाएको छ। निखिलजीले ७ तल्लाबाट फाल हाल्दा उहाँलाई फाप्यो, त्यसैले ७ उहाँको लक्की सेभेन नम्बर सावित भयो। १९ चाहिँ मेरो लक्की नम्बर हो र निखिलजीले करियर शुरु गर्नुभएको पनि १९ वर्ष भयो। त्यसैले उहाँलाई यसमा १९ तल्लाबाट फाल हाल्न लगाइएको हो।ु

हिमालले थपे ‘पिंजडा र पिंजडा व्याक अगेनको कथाबस्तु बिलकुलै फरक छ। यो पिंजडाको सिक्वेल होइन। नाममात्र उस्तै हो। यो प”र्णतया सेन्टीमेन्टल पारिवारिक र एक्सन ड्रामा हो।ु

ओम शाही भक्त सिने आर्ट र ओम शाही मौला कालिका सिनेआर्टको व्यानरमा श्रीराम बरालको प्रस्तुति तथा रोहित पुरी, गोविन्द गैरे र चन्द्र क्षेत्रीद्धारा निर्मित फिल्ममा कथा, पटकथा र संवाद मौनता श्रेष्ठ, वसन्त सापकोटा, अर्जुन पोखरेल र राजनराज शिवाकोटीको गीत रचना र संगीत, रामजी लामिछानेको कोरियाग्राफी, निर्देशक केसीकै द्धन्द्ध, सौरभ लामाको छायांकन र बनिष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको छ।

आगामी माघ ४ गते अल नेपाल रिलीज हुने फिल्मा निखिलका साथमा सारा शेरपाइली, पुकार भट्टराई, सुष्मिता केसी, सुन्दर श्रेष्ठ, भोलाराज सापकोटा, स्व. विना थापा, बाल कलाकार कुसाग्र भट्टराईलगायतले प्रमुख भ”मिकामा अभिनय गरेका छन्।