राप्रपा बैठक सम्पन्न

0
Shares

रामकृष्ण चापागाई, काठमाडौं ।
तीन दिन देखि जारी राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय समिति बैठक आज सम्पन्न भएको छ । बैठकले हिन्दुराष्ट्र र राजसंस्था प्रति प्रतिवद्ध रहने निर्णय गर्दै हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समिक्षा पनि गरेको छ । साथै, निर्वाचनमा पराजित हुनुको कारणहरु पहिल्याउदै केन्द्रिय समिति बैठकले पार्टीको भावी रणनीति पनि तय गरेको छ ।
बैठकले हालै सम्पन्न निर्वाचनमा लज्जासपद हार व्यहोर्नु पर्नुको मुख्य कारण राष्ट्रवादी तथा हिन्दुराष्ट्र पक्षधर शक्तिलाई कमजोर बनाउने राष्ट्रिय अन्तराष्ट्रिय शक्तिहरुको षडयन्त्र र त्यही षडयन्त्र अनुरुप निर्वाचनको पुर्व सन्ध्यामा गरिएको पार्टी विभाजन भएको औल्याइएको छ । पार्टी अध्यक्ष कमल थापाले जानकारी दिए अनुसार यसबारेमा राप्रपा केन्द्रिय कार्यसमितिले विस्तृत अध्ययन अनुसन्धान गर्नेछ ।
बैठकले हालै सम्पन्न निर्वाचनमा पराजित हुनुको अन्य कारणहरुमा बलियो र प्रभावकारी लोकतान्त्रिक गठबन्धन निर्माण हुन नसक्नु, लिखित रुपमा भएको सम्झौता अनुरुप नेपाली कांग्रेसले राप्रपालाई प्रतिनिधिसभा र प्रदेशसभामा सिट नदिनु तथा स्थानिय तहमा ईमान्दारितापूर्ण सहकार्य नहुनु र राप्रपाले प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्ष तर्फ अत्यन्त न्युन स्थानमा मात्र उमेदरवारी दिनुलाई पनि पराजयको कारण औल्याएको छ ।