रक्सी पिएर कार्यालय भित्रै पिसाब फर्ने कार्यालय प्रमुख समातिए

0
Shares

नेपाल समाचारपत्र,उदयूर ।
सधैँ रक्सि सेवन गरेर कार्यलय आउने उदयपुरका एक कार्यालय प्रमुख पक्राउ गरेको छ । उदयपुरको गाइघाट स्थित यातायात कार्यलयकमा निमित्त प्रमुख शिवकुमार तिम्सिनालाई प्रहरीले बिहिबार दिउसो उनको
आँफ्नै घरबाट पक्राउ गरेको हो ।

उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलसहितको टोलीले यातायात सेवा कार्यलयमा छड्के चेक गरेको थियो । अनुगमनका बेला कँडेलसँग त्यसै कार्यलयकी खरिदार लक्ष्मिी न्यौपानेले कार्यालय समकै बेला कार्यालय भित्रै मादक पदार्थ सेवन गर्ने र कार्यालय भित्रै जताततै पिसाव फर्ने अप्रिय शब्द प्रयोग गर्ने गरेको गुनासो गरेकी थिइन । त्यतीमात्रै नभई पूर्णीमा मगरले पनि आफ्नो सबै तलब खाइदिने पनि गरेको कँडेलसमक्ष गुनासो गरेकी थिइन ।

उक्त कार्यालयमा स्थापना भएदेखि नै शिवकुमार तिम्सिना कार्यालय प्रमुख रहँदै आएका थिए ।