देउवाले चिठ्ठी नपठाएको भए…

0
Shares

रामकृष्ण चापागाई, काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली काग्रेसको लज्जासपद हार भएसंग पार्टीभित्र आन्तरीक विवाद चुलिएको छ । नेतृत्वको कमजोरीको कारण निर्वाचन हारेको भनि चर्को आलोचना भैरहेको बेला प्रधानमन्त्री समेत रहनुभएका काग्रेस सभापति शेरवहादुर देउवाले भने हालै सम्पन्न निर्वाचन नेतृत्वको कारण नभै उमेद्वार आफैको कारण पराजित भएको प्रतिक्रिया दिनुभएको छ । सभापति निकटका शीर्ष नेताहरु पनि निर्वाचनमा नेतृत्वको कारण पराजित भएको भन्ने आलोचनाको प्रतिरक्षा गरिरहेका छन् ।

यो निर्वाचनमा काग्रेसका धेरै शीर्ष र प्रभावशाली नेताहरुको अनपेक्षित हार भएको छ । स्वयं काग्रेस सभापति देउवाले समेत निर्वाचनमा विजयी हासिल गर्न प्रत्येक मतदाता सामु लिखित प्रतिवद्धता नै गर्नुपरेको थियो । देउवालाई बाम गठबन्धन र धेरै विश्लेषकहरले निर्वाचनमा पराजीत हुन्छन् भन्ने अनुमान लगाइरहँदा सहज जित हासिल गर्नुमा उहाले प्रत्येक मतदाताहरुलाई नामनै सम्बोधन गरी प्रतिवद्धतापत्र पठाउन प्रमुख कारण मानिएको छ ।

गत निर्वाचनमा सबै क्षेत्रमा नेकपा एमाले र माओबादी लगाएत लगाएत बाम गठबन्धनले चलाएको निर्वाचन अभियान बाट स्वयं काग्रेस सभापति देउवा समेत आफु पराजित हुने हो की भनेर अत्तालिएका थिए ।स्थानीय तहको निर्वाचलाई आधार मानी डडेल्धुरामा नेपाली कांग्रेसको भन्दा बाम गठबन्धनको १० हजार ९ सय ९२ मत बढी रहेकोले देउवाले चुनाव हार्ने अनुमान गरिएको थियो । काग्रेस सभापति देउवाले पनि चुनाव हार्ने अनुमान लगाउदै देशभरको चुनावी अभियानलाई भन्दा आफ्नो गृहजिल्ला र धर्मपत्नी आरजू राणा उम्मेदवार भएको क्षेत्रलाई आफ्नो प्राथमिकतामा राखेर चुनाव प्रचारप्रसार गरेका थिए ।
गत निर्वाचनमा बाम गठबन्धनका नेता एमाले अध्यक्ष केपी शर्मा मुलुकका प्रधानमन्त्री, नेपाली काँग्रेसको नेतृत्व र प्रभावशाली कांग्रेसी नेताहरुलाई आफ्नै क्षेत्रमा मात्र सिमित राख्न चहेका थिए । प्रभावशाली मानिएका नेताहरु आफ्नै क्षेत्रमा सीमित रहँदा बाम गठबन्धनलाई खुलेर प्राचर गर्न सहज वातावरण बन्थ्यो । बाम गठबन्धनका तर्फबाट एमाले अध्यक्ष ओलीले देशव्यापि निर्वाचनको प्रचार प्रसारका क्रममा नेपाली कांग्रेसको नेतृत्वलाई विभिन्न अल्झनयुक्त कुराको उठान गरिदिदा काग्रेस सभापति देउवा त्यहि कुरामा घुमिरहे । उहाले न त ओलीको कुरालाई चिर्न सके न त वेवास्ता गरेर बाम गठबन्धनलाई अल्झनमा पार्ने मुद्धा फाँक्नै सकेका थिएनन् ।

मनोनयन दर्ताको अन्तिमसम्म पनि देउवाले आफ्नो क्षेत्रको टिकट वितरण गर्न सकेका थिएनन् । बडो अन्यौलग्रस्त अवस्थामा थिए काग्रेस सभापति देउवा । एकातिर पार्टीको तेहौं महाधिवेशनमा आफ्नी पत्नी आरजू राणाका प्रियपात्र स्वरुप जिल्लामा खडा गरिएका उम्मेदवार रघुवर भट्ट र नेविसंघका अध्यक्ष नैेनसिंह महर । अर्कोतिर जिल्ला पार्टी सभापति कर्णबहादुर मल्ल । जो जिल्लामा राम्रो प्रभाव राख्ने नेता थिए । अन्तिम समय सम्म पनि नैनसिंह महर र उनको ग्रुपले कर्ण मल्ललाई टिकट दिनुहुन्न भनी बालुवाटारमा हुलका हुल मान्छेहरु लैजान थाले र देउवा पनि भ्रमित हुने अवस्था सिर्जना भएको थियो । तर, देउवाले मल्ललाई टिकट नदिँदा र ‘बाम’हरुले गरेको प्रचारका कारण यसै पनि कमजोर रहेको मनन गर्दै चुनाव कुनै हालतमा पनि नजितिने ठहर गरेका गरेका थिए ।

बालुवाटार र कांग्रेस सभापतिको गृहजिल्ला डडेल्धुरालाई राम्ररी बुझेका एक नेताका अनुसार देउवाले रघुवर भट्टलाई कार्तिक १३ गते नै लै तिम्रो टिकट भयो तिमी जिल्ला गईहाल र आफ्नो प्रचार गर्नू भनि पठाएका थियो । स्थानीय तहमा ३ वटै पालिका कांग्रेसमा परेको क्षेत्रमा सहज रुपले भट्टले चुनाव जित्ने आँकलन गरी उनलाई प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ मा टिकट दिई पठाइएको थियो । प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ मा चाहिँ अझै अन्यौलको अवस्था थियो । मनोनयन दर्ता १६ गते थियो । काठमाडौंबाट १५ गते नगएमा मनोनयन दर्ता स्वयं उपस्थितिमा नहुने पक्का थियो । विकल्पका धेरै स्रोतहरु र आफूलाई चुनाव जित्नको लागि सहजता र असहजतालाई राम्ररी अध्ययन गरेपछि १५ गते विहानमात्र कर्ण मल्ललाई बोलाई सभापति देउवाले टिकट दिनुभएको थियो । सभापति देउवाले भट्ट र मल्ललाई दुवैलाई टिकट दिँदा जिल्लामा पार्टी भित्र धेरै हदसम्म सन्तुलन कायम भयो ।

स्थानिय तहका मतपरिणाम र बाम गठबन्धनको कारण डडेल्धुरा जिल्लाबाट अनवरत रुपमा निर्वाचन जित्दै आएका सभापति देउवा गत निर्वाचनमा धेरैनै आत्तिएका थिए । उहाले प्रत्येक मतदातासमक्ष हारगुहार गर्नुपर्ने अवस्था सिर्जना भयो । काग्रेस सभापति देउवाले धेरै विचार गरेर निष्कर्ष निकाले की अब मतदात पहिलेको जस्तो रहेनन् । राजनीतिक नेतृत्व बृत्तमा मौखिक कुराको विश्वास हुन छाडेपछि आम कार्यकर्ता र मतदाताले पनि आफ्नू मौखिक कुरामा विश्वास नगर्ने ठहर गर्दै उहाले प्रत्येक मतदातालाई नामै सम्बोधन गरी पत्र लेख्नुभयो । उहाले यसअघि पनि यस्तै पत्र आफू नेपाली कांग्रेसका सभापति हुनका लागि लेखेका थिए र त्यसबाट सफल पनि भएका थिए ।

काग्रेस सभापति देउवाले प्रत्यक मतदातालाई नाम नै उल्लेख गरि लिखिएको पत्रमा भनिएको छ– आज म जहाँ छु, जेछु र राष्ट्रिय रुपमा जुन जिम्मेवारी पूरा गरिरहेको छु, त्यो तपाईंको अमूल्य साथ, सहयोग र सद्भावको प्रतिफल हो । तपाईंको निरन्तरको मत, सद्भाव र आशर्विाद नभएको भए डडेल्धुराको यही गाउँ र विकटताबाट माथी उठेर एक पटक गृहमन्त्री, चार पटक प्रधानमन्त्री र पार्टीको सभापतिको रुपमा राष्ट्रिय भूमिका निर्वाह गर्ने अवसर मलाई प्राप्त हुने थिएन । यसका लागि अन्तरहृदयदेखि हार्दिक आभार व्यक्त गर्दछु ।

उहाले मतदातालाई दिएको पत्रमा भन्नुभएको छ – ‘२०४८ सालदेखी तपाईंका मतका आधारमा यस जिल्लाबाट निरन्तर प्रतिनिधित्व गरेको गौरव पनि छ र आफूले गरेका जिल्लाको खानेपानी, शिक्षा, सडक, पूल, विद्युतिकरण, सञ्चार, सिँचाई, तटबन्धन निर्माणजस्ता विकासका पूर्वाधार पनि जिल्लावाससिामु छर्लङ्ग छ । जिल्लाको समग्र विकाससँगै मेरो सपना पश्चिम सेती र पत्तचेश्वरको पूर्णता पनि हो । यसबाट अरु थप अवसरहरुको वृद्धि हुने छ । बेरोजगारीको अन्त्य भई ७ नम्बर प्रदेशकै समृद्ध जिल्लाको परिचय डडेल्धुरा जिल्लाले प्राप्त गर्ने मेरो विश्वास छ । बाँकी यी कार्यहरुको पूर्णता र प्राप्तिको लागि म सदा प्रतिवद्ध छु ।’

गत निर्वाचनमा प्रत्यक मतदातासामु लिखित प्रतिवद्धता व्यक्त गरेकै कारण काग्रेस सभापति देउवाले सहज जित हासिल गरेका हुन । अन्यथा काग्रेसका अन्य शीर्ष नेताहरु रामचन्द्र पौडेल, डा. शेखर कोइराला, विमलेन्द्र नीधि, अर्जुन नरसिंह केसि, डा. रामशरण मतह, गोपालमा मान श्रेष्ठ, पुर्णवहादु खड्का लगाएतका नेताहरु जस्तै हार व्यहोर्नु पर्ने थियो । प्रतयक मतदातासामु लिखित प्रतिवद्धता व्यक्त गर्ने कुरा पत्नी आरजु राणालाई सुझाव दिएपनि उहाले यो कार्य गर्नुभएको थिएन ।