खानेपानीको अभावले होटेल व्यवसाय संकटमा

0
Shares

विनोद सिंह विष्ट, बैतडी ।
खानेपानीको अभावमा बैतडीमा होटेल व्यवशाय संकटमा परेको छ । महाकाली राजमार्ग र दशरथचन्द राजमार्गको मुख्य व्यारिक केन्द्रका रुपमा परिचित रहेको सतबाँझ बजारका होटेल व्यवशायी पानीको अभावमा संकटमा परेका हुन् ।
वि स २०६७ सालमा निर्माण सम्पन्न भएको खानेपानी आयोजना एक बर्ष नबित्दै बिग्रिएपछी पानीको हाहाकार भएको हो । योजना बनेको वर्ष दिनमै बिग्रिएपछि सतबाभmमा रहेका एक दर्जन बढी होटल र दुई दर्जन बढी घरपरिवार समस्यामा परेका छन् ।
बैतडी दार्चुलाको मुख्य केन्द्र रहेको सुर्नया गाउँपालिका २ मा रहेको सतबाँझ बजारमा दिनहुँ दजर्नौ सवारी साधन र सयौं यात्रु आवतजावत गर्ने भएपनि खानेपानीको अभावका कारण सास्ती खेप्दै आएका छन् । खानेपानीको अभाव हुँदा सतबाँझका होटेल व्यवसायी पलायन हुन थालेका छन् । गाडीमा अन्यत्रबाट पानी ल्याएर व्यवसाय गर्नुपरेको होटल सञ्चालकहरुको भनाई रहेको छ ।

१० बर्षदेखि होटेल सञ्चालन गरेको बताउदै पानीकै समस्याले विस्थापित हुने अवस्था आएको हिमानी होटेल एण्ड लजका सञ्चालक भान सिंह बोहराको भनाई रहेको छ । पानी अभावमा यात्रु पनि उत्तिकै सास्ती खेप्दै आएका छन् उहाँले भन्नुभयो“ पानी बोक्नै लागी एक जना भरिया राखेका छौ, पिउनसम्म पानी अभाव हुन थालेपछि होटलमा ग्राहक राख्न छाडिएको छ ”
होटेलमा बास बसेका ग्राहकले पानीको अभावमा शौचालय प्रयोग गर्न पनि नपाएको गुनासो समेत गर्ने गरेका छन् । होटेल व्यवशायीले चर्को मुल्य तिरेर गाडी तथा भरीयाबाट पानी बोक्न बाध्य भएका छन् । सतबाँझ बजारमा हिउँदको महिनामा मात्रै नभएर बाह्रै महिना पानीको अभावमा रहेको पाईन्छ । गाडीवाट पानी ल्यायो भने ७ किलोमिटर टाढा सितुनवाट ल्यानुपर्ने र भरियाले बोकायो भने २ घण्टा टाढा चिल्लेपानीवाट ल्याउनुपर्ने बाध्यता रहेको पाण्डेय होटेलका सञ्चालक दिपेन्द्र पाण्डेय बताउनुभयो । बोकेर ल्याएको पानीले एक लिटर पानीको २ रुपैंयासम्म पर्ने गरेको छ । उहाँले भन्नुभयो“किनेको उक्त पानीलाई चार पाँच दिनसम्म पनि राख्ने गरेका छौ ।”

चार पाँच दिनसम्म रहेको उक्त बासी पानीले विभिन्न रोगको संक्रमणको जोखिम समेत बढेको छ । होटेल व्यवशायी पाण्डेयले भन्नुभयो“होटेल सञ्चालनमा राखेका छौ ग्राहकले मागेजती पानी दिन सक्दैनौं”

पानीकै अभावमा राजमार्गमा चल्ने गाडी पनि जिल्लाका अन्य बजारमा गएर रोक्ने गरेका छन् ।
एसियाली विकास बैंकको सहयोगमा सामुदायिक खानेपानीले सतबाँझमा वि स २०६७ सालमा बैतडी जिल्लामै पहिलो पटक पम्प प्रणालीबाट खानेपानी सञ्चालनमा आएको थियो । लाखौं रुपैयाँ खर्च गरेर २५ केभी क्षमताको मोटर लगाएर ८०० मिटरतल कटमोली खोलाबाट पम्पिङ गरेर ल्याएको उक्त आयोजना एक बर्ष नबित्दै बिग्रिदा झनै सम्स्या भएको हो ।
उपभोक्ता समितिले आर्थिक स्रोत नहँुदा बिग्रीएको ६ बर्ष बितीसक्दा समेत नसकिएको जनाएको छ ।

सुर्नया गाउँपालिकाको वडा नम्वर २ मा रहेको सतबाँझ बजारमा पानी समस्या रहेको बताउदै समाधानका लागी वडा तथा गाउँपालिकावाट सक्दो सहयोग गरिने वडा अध्यक्ष हर्क बहादुर पाण्डेयले बताउनुभयो । सुर्नया गाउँपालिकाको सदरमुकामका रुपमा रहेको सतबाँझमा पानीको अभाव हुनु दुखको कुरा हो उहाँले भन्नुभयो“बनाएका योजनाहरुको संरक्षण र प्रर्वद्धन हुन नसक्दा यस्तो समस्या आएको हो । ”
खानेपानीको समस्या समाधानतर्फ सम्वन्धित निकायले ध्यान नदिए होटेल व्यवसायी व्यवशाय छोडे अन्यत्र पलायन हुने देखिन्छ ।
बैतडीको सतबाँझ बजारमा मात्रै नभएर जिल्लाका अन्य बजार तथा बस्तीहरुमा पनि खानेपानीको समस्या व्यापक रहेको छ ।
जिल्लाको दोगडाकेदार, पाटन, मेलौली लगायतका क्षेत्रमा पनि हिउँद सुरु भएसंगै खानेपानीको समस्या बढेको स्थानिय बासिन्दाले बताएका छन् ।
पुरानो मुहानमा पानी घट्दै जानु र जनसंख्या बढ्नु अभावको मुख्य कारण बनेको हो ।