आज हेटौंडामा म्युजिकल नाइट

0
Shares

हेटौंडा, (नेस)। आज शुक्रबार साँझ हेटौंडामा हुने म्युजिकल नाइट २०७४ मा नायिकाहरु सुष्मा कार्की, मरिश्का पोखरेल र दीपाश्री निरौला आउने भएका छन्। कार्यक्रममा नायक आकाश अधिकारी, नायिका श्वेता खड्का, नायक यशराज गराचलगायतले प्रस्तुति दिनेछन्।

म्युजिकल नाइटमा गायिका अञ्जु पन्त, गायक तथा संगीतकार राजनराज शिवाकोटी र गायक युवराज चौलागाईंले पनि गायकी प्रस्तुत गर्नेछन् भने हास्य विधाका चर्चित अनुहार जितु नेपाल र केदार घिमिरे (माग्ने बुढा) ले कमेडी प्रस्तुत गर्नेछन्।

नेपाल उद्योग वाणिज्य महासंघको चलचित्र तथा मनोरञ्जन फोरमले आयोजना गर्न लागेको म्युजिकल नाइट २०७४ मा संगीत, फिल्म तथा हास्य विधासँग सम्बन्धित कलाकारहरु प्रस्तुतिका लागि हेटौंडा आउने भएका हुन्। हेटौंडामा राष्ट्रिय कलाकारको जम्बो टोलीले विभिन्न मनोरञ्जनात्मक प्रस्तुति दिनेछन्। नेपाली चलचित्र तथा गीत–संगीत क्षेत्रको प्रवद्र्धन, गीत तथा संगीतका माध्यमबाट स्थानीय आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यसाथ नेपाल उद्योग वाणिज्य महासंघको दैवी प्रकोप राहत उद्धार कोषको सहयोगार्थ कार्यक्रम हुन लागेको हो। हेटौंडाको रिगल रिसोर्टमा हुने सांगीतिक कार्यक्रम करिब ३ घण्टाको हुने चलचित्र तथा मनोरञ्जन फोरम उद्योग वाणिज्य महासंघ सभापति आकाश अधिकारीले बताए।