सेन्सर बोर्डमा खलनायक खड्का

0
Shares

खलनायक उमेश खड्का केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) को सदस्य नियुक्त भएका छन्। लामो समयदेखि चलचित्रमा खलनायकका रूपमा अभिनय गर्दै आएका खड्का सूचना तथा सञ्चार मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट बोर्ड सदस्य नियुक्त भएका हुन्।

उनी २ वर्षका लागि सेन्सर बोर्ड सदस्य नियुक्त भएका हुन्। कहाँ भेटिएला, माया नमार, गंगाजल, तृण्णा, बोस, आवारा, लावारिस, जीवनदातालगायत पाँच दर्जन बढी चलचित्रमा खलपात्रको भूमिका निर्वाह गर्दै आएका खड्का पछिल्ला चलचित्रमा छाउँदै आएका छन्।