पार्टी एकतापछि मात्रै नयाँ सरकारः प्रचण्ड

0
Shares

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार गठन अघि नै एमाले र माओवादी केन्द्रका वीचमा पार्टी एकता हुने दाबी गरेका छन । भरतपुर महानगरपालिकाको नगरपरिषद् उद्घाटन गर्न चितवन आएका प्रचण्डले प्रेस चौतारी र प्रेस सेन्टरले आयोजना गरेको पत्रकार भेटघाटमा उनले पार्टी एकिकरणमा कुनै विवाद नभएको दाबी गरे । अध्यक्ष प्रचण्डले सरकार गठनको वाटो खुलिसकेकाले अब पार्टी एकता हुने बताए । प्रचण्डले पार्टी एकतावारे कसैले पनि कही कतै वोल्न जरुरी नरहेको बताए ।