असहायलाई सिखर्पा युवा क्लबको न्यानो राहत

0
Shares

नेपाल समाचारपत्र, ललितपुर । सिखर्पा सामुदायिक स्टार युवा क्लबले लेलेका असहायलाई राहत बाँडेको छ । क्लबका अध्यक्ष राजेश विकले जाडो छेक्न राहत स्वरुप न्यानो कपडा वितरण गरेको बताउनु भयो ।

क्लबले साविक लेले गाविस हाल गोदावरी नगरपालिका वडा ५ का चन्द्र बहादुर मिजार, रेखा मिजार र वडा ६ का मोती बहादुर नगरकोटीलाई ज्याकेट, कम्बल, जुत्ता लगायतका शरीरलाई न्यानो बनाउने सामाग्री वितरण गरेको हो ।

वृद्ध वृद्धा भनेको जिवित ईतिहास भएको भन्दै उहाँहरुको सम्मान स्वरुप राहत वितरण गरेको अध्यक्ष विकले हामीसँग सुनाउनु भयो । उहाँका अनुसार राहतपाउने तीनै जना ६० वर्ष माथिका असहायहरु हुन् । सिर्जनशिल युवा सबै यसतो कार्यमा लागे देशमा कोही पनि भोका नाङ्गा हुन नपर्ने उहाँको तर्क छ ।