पारवहन ठप्प


नयाँदिल्ली, (एजेन्सी)
भारतका तल्लो जात बताइने दलित समुदायका हजारौं प्रदर्शनकारीले मुम्बईका प्रमुख पारवहन सेवाहरू बुधबार ठप्प पारेका छन्। त्यहाँका थुप्रै स्थानीय ट्रेन सेवामा ढिलो वा रद्द हुन पुगेका छन् भने थुप्रै बसहरूमा क्षति पुर्याइनुका साथै विद्यालयहरू बन्द गरिएका छन्। पश्चिमी राज्य महाराष्ट्रका अन्य भागमा समेत यस्तै अवरोधहरू भएका छन्। दलित समूहहरूले सोमबार पुणेमा दक्षिणपन्थी हिन्दूहरूसँग भएको हिंसात्मक झडपलाई लिएर प्रदर्शन गरिरहेका छन्। दलितहरूले बेलायती उपनिवेश फौज र माथिल्लो जातका शासकहरू विरुद्धको युद्ध जितेको २ सयौं वार्षिक दिवस मनाउने क्रममा हिंसा भएको थियो।