राजनीतिक बन्दी छाडिने


अडिसअबाबा, (एजेन्सी)
इथियोपियाका प्रधानमन्त्री हेलेमारियाम देसालेग्नले बुधबार अपराध कबुल गराउन निर्मम यातना दिने गरिएको कुख्यात हिरासत केन्द्र बन्द गर्दै सम्पूर्ण राजनीतिक बन्दीहरूलाई रिहा गरिने घोषणा गरेका छन्। उनले पत्रकार सम्मेलनमा अझै मुद्दाको प्रतिक्षामा बसेकाहरूलाई पनि अभियोग फिर्ता लिइने जानकारी दिएका छन्। उनले राजनीतिक वार्ताका लागि वातावरण तयार गर्न यो कदम उठाइएको बताएका छन्। इथियोपियामाथि सत्तारुढ सरकारले विपक्षी समूहलाई दबाउने उद्देश्यले थुप्रो व्यक्तिलाई गिरफ्तार गरी हिरासतमा थुन्ने गरेको आरोप मानव अधिकारवादी समूहहरूले लगाउने गरेका छन्।