नयाँ क्षेप्यास्त्र परीक्षण


वासिङटन, (एजेन्सी)
चीनले हाइपरसोनिक ग्लाइड भेइकल (एचजीभी)बाट लैस एक क्षेप्यास्त्रको परीक्षण गरेको एक अमेरिकी स्रोतले जनाएको छ। डीएफ–१७ भनेर चिनिने मोडल एचजीभीको दुईवटा परीक्षण नोभेम्बरमा भएको उक्त स्रोतले जानकारी दिएको द डिप्लोम्याटले जनाएको छ। चीनले सन् २०१४ र २०१६ मा प्रयोगात्मक एचजीभीको कयौं परीक्षण गरेर उक्त प्रविधि हासिल गर्न सफल भएको बताइएको छ। उक्त डीएफ–१७ को विस्तार क्षमता १ हजार ८ सयदेखि २ हजार ५ सय किलोमिटरको बीचमा रहेको र यो नयाँ प्रकारको हतियार प्रणाली भएको जनाइएको छ। उक्त प्रविधिको विकासमा अमेरिका र रुस पनि लागेका छन्।