८ महिनादेखि हवाई सेवा ठप्प

0
Shares

धनवीर दाहाल, रुकुम

पश्चिम रुकुमको चौरजहारीमा आठ महिनादेखि हवाई सेवा बन्द छ। जेठ दोस्रो सातादेखि हवाई सेवा शुरू हुन सकेको छैन। सातामा दुई वटा उडान भर्दै आएको चौरजहारी विमानस्थलमा हवाई यातायात सेवा बन्द हुँदा यात्रु मर्कामा परेका छन्।

देशको १० नयाँ शहरको सूचीमा परेको चौरजहारी विमानस्थलमा नियमित उडान सेवा बन्द भएसंँगै बिरामी त्यसको प्रत्यक्ष मारमा परेका छन्।

चौरजहारी अस्पतालबाट नेपालगन्ज र काठमाडौंका लागि रिफर गरिएका बिरामी हवाई सेवा नहँुदा जोखि मोलेर गाडी प्रयोग गर्नुपर्ने अवस्था छ। हवाई सेवा बन्द भएकै कारण गम्भीर प्रकृतिका बिरामीको स्वास्थ्य जोखिममा राखेर गाडी प्रयोग गर्नुपर्ने अवस्था सिर्जना भएको स्थानीय नारायणप्रसाद आचार्यको गुनासो छ।

टुवीनेटरको संख्यामा कमि र पाइलट विदेश गएकाले चौरजहारी विमानस्थलमा हवाई सेवा बन्द भएको नागरिक उड्डयन प्राधिकरणलाई उदृत गर्दै चौरजहारी स्टेशनका निमित्त प्रमुख सुरेन्द्र नेपालीले बताउनुभयो। तर, पछिल्लो समयमा आएर ८ महिना बितिसक्दा पनि हवाई उडान सेवा सुचारु हुन सकेको छैन। निमित्त प्रमुख नेपालीले यसबारेमा आफूले केन्द्रमा बुभ्mदा यात्रुको संख्या नभएकाले उडान कटौती गरेर सदरमुकाम खलंगा सल्ले विमानस्थलमा उडान थप गरिएको जानकारी दिनुभयो।

चौरजहारी स्टेशनलाई नबुझेर उडान सेवा कटौती गर्नुले जाजरकोट सल्यान र चौरजहारीबासीलाई मर्का परेको उहाँको भनाइ छ। यसअघि बुधबार काठमाडौं चौरजहारी नेपालगन्ज र बिहीबार नेपालगन्ज चौरजहारी काठमाडौं गरी सातामा दुई दिन चौरजहारी विमानस्थलमा हवाई सेवा सञ्चालन रहेको थियो।

कालोपत्रे गरिएको पक्की हवाई मैदान र जिल्लाकै नमुना चौरजहारी विमानस्थलमा हवाई सेवा बन्द हुनुले स्थानीयबासीसमेत मर्कामा परेका छन्। सल्यान र जाजरकोट जिल्लाका यात्रुको लागि भरपर्दाे सेवाको रूपमा रहेको चौरजहारी स्टेसनमा हवाई यातायात सेवा बन्द गरेर यात्रुलाई हवाई सेवाबाट बन्चित गरिएको नगर प्रमुख विशाल शर्माले बताउनुभयो।

देशको नमुना शहरको रूपमा स्थापित चौरजहारीमा हवाई यातायात सेवा नियमित हुनुपर्ने कुरामा प्रमख शर्माले जोड दिनुभयो। सातामा २ वटा फ्लाइट भर्ने मुसिकोट सल्ले विमानस्थलमा हाल चौरजहारी स्टेसनको सेडुल कटौती गरेर हप्तामा ४ वटा फ्लाइट कायम गरिएको छ।