प्रसिद्द स्थल हलेसीमा भिषण आगालागीमा ४ घर नष्ट, आगो नियन्त्रण बाहिर

0
Shares

रामधन राई, खोटाङ । खोटाङको त्रीधार्मिक तथा पर्यटकीयस्थल हलेसीबजारमा भिषण आगलागी नियान्त्रण बाहिर जाँदा ४ घर जलेर नष्ट भईसकेको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानका व्यवसायी मगम राईको घरबाट सुरु भएको आगोले भिषण रुप लिँदा सोही स्थानका उचितबहादुर राई, प्रकाचन्द्र गिरी र तम्बराज राई घर नष्ट भइसकेको छ ।
ग्याँस पड्किरहेकाले आगो नियन्त्रण बाहिर गएको प्रहरीले जनाएको छ । मंगलबार साँझ साँढे ७ बजेपछि सुरु भएको आगोलाई इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी र स्थानीयबासीले नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।
आगो नियन्त्रण बाहिर गएपछि बेलुकी साँढे ८ बजे रुपाकोट मझुवागढी नगरपालिका दिक्तेलबाट दमकल घटनास्थलतर्फ गएको छ । दिक्तेलबाट हिँडेको दमकल कम्तीमा दुई घण्टापछि मात्र हलेसी पुग्ने भएकाले आगोले ठूलो क्षती हुने अनुमान गरिएको छ । बाक्लो बजारमै सुरु भएकाले आगोले हलेसीमा त्रास फैलिएको स्थानीयको भनाई छ । आगो नियन्त्रण गरेर बजार जोगाउनका लागि छेउका घर र छानो भत्काउने काम भइरहेको छ ।