पार्टी एकताबारे अाज माअाेबादीमा बृहत छलफल हुँदै

0
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज केन्द्रीय कार्यालयको विस्तारित बैठक बोलाएको छ

केन्द्रीय कार्यालयको विस्तारित बैठक अाज अपराह्न १ बजे अध्यक्ष पुष्पकमल दाहालको निवास, खुमलटारमा बस्ने बताइएकाे छ ।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टी एकताको विषयमा भइरहेको प्रयास तथा त्यसको तयारीका बारेमा छलफल हुनेछ ।

केही दिन यता पार्टी एकताको विषयमा ठोस निर्णय र अवधारणा अगाडि नआएको बेला माओवादी केन्द्रको अाज बस्ने बैठकलाई अर्थपूर्ण रुपमा लिइएको छ ।