‘देउवाले सत्ता नछाड्ने नकच्चरो प्रवृति देखाए’

0
Shares

काठमाडौ, (नेस) । नेकपा एमालेका सचिव योगेश भट्टराईले चुनाव हारिसक्दा पनि कांग्रेस र शेरवहादुर देउवाले सत्ता नछाड्ने नकच्चरो प्रवृति देखाएको आरोप लगाउनुभयो । उहाले अब नेपाली काग्रेसको सराकार ५० वर्ष सम्म नहरने बताउदै नेपालमा कम्युनिष्टले साशन चलाउने बतचाउनुभयो । उहाले भन्नुभयो–नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउने काम भैरहेको बताउनुभयो । उहाले नया संसाद आएपछि स्वतःपुरानो सांसद जाने सर्वब्यापी अभ्यास भैरहेको अवस्थामा सरकार नछाड्नु गलत प्रवृति भएको उल्लेख गर्नुभयो ।

र्एमाले प्रचार विभागका सचिव समेत रहनुभएका सांसद भट्टराइले वंशजका शासकले अन्तिममा जसरी चुरीफुरी देखाउछन अहिले शेरवहादुर देउवाले त्यस्तै शैली देखाएका आरोप लगाउनुभयो । उहाले केपी ओली र प्रचण्डलाई नेल्सन मण्डेला जस्तो बन्ने अवसर आएको बताउनुभयो । उहाले भन्नुभयो– पार्टी एकता सम्पन्न गरेपछि दुवै नेताले नेल्सन मण्डेल जस्तै सर्वमान्य बन्ने गरि पार्टीको कार्यकारी भूमिकबाट विदा लिनु उपयुक्त हुन्छ ।

एमाले सञ्चार इलाका कमिटीले आयोजना गरेको सम्मान कार्यक्रममा प्रचार विभाग उपप्रमुख सुर्य थापा, सचिव विष्णु रिजाल, नेपाल पत्रकार महासंघका पुर्व सभापति महेन्द्र विष्ट, पेशागत विशेष जिल्ला कमिटिका सचिव समिर नेपाल, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले सफल सांसद एवं पार्टी सचिवलाई कार्यकालको सफलताके शुभकामना व्यक्त गर्नुभएको थियो ।

पार्टी एकता भएपछि प्रचण्ड र ओलीसहितका पहिलो पुस्ताका नेताहरुको शत प्रतिशत अंक पुग्ने भट्टराईले बताए । उनले एमाले र माओवादी केन्द्रबीच एकता कसैले रोक्न नसक्ने दावी गरे ।