प्रहरीको गल्ती


मनिला, (एजेन्सी)
फिलिपिन्सका प्रहरीले भगौडा बन्दुकधारी भनी ठानेर गल्तिवश अस्पतालतर्फ हुँइकिदै गरेका २ जना व्यक्तिलाई गोली हानी मारेको छ। गोलीकाण्ड भएको घटनास्थलमा पुगेका प्रहरीले सोही घटनामा घाइते भएकी एक महिलालाई बोकेर अस्पताल लाँदै गरेको भ्यानमा जथाभावी गोली चलाउँदा ती २ मारिएका थिए। शुक्रबार भएको सो गल्तीका कारण ती घाइते महिला र अन्य १ व्यक्तिको तत्काल मृत्यु हुनुका साथै अन्य २ जना घाइते हुन पुगेको प्रहरीले जनाएको छ। यसअघि नै लागूऔषध विरुद्धको राष्ट्रपति डुटेर्टेको अभियानमा जथाभावी मान्छे मार्ने गरेको आरोप प्रहरीलाई लागेको छ।