कार्डबोर्ड टेन्ट


ब्रसेल्स, (एजेन्सी)
बेल्जियमको ब्रसेल्सस्थित एउटा परियोजनाले आवासविहीन मानिसलाई सुत्नका लागि सजिलै बोकेर लान सकिने कार्डबोर्डको टेन्ट वितरण गरिरहेको छ। ओरिगामी नामक सो परियोजनाले उपलब्ध गराएको सो टेन्ट प्रयोगकर्ताहरुले आफ्नो काँधमा सजिलै बोकेर आफूले चाहेको स्थानमा लग्न सक्ने बताइएको छ। ब्रसेल्समा अन्य साधारण टेन्टको प्रयोग प्रतिबन्धित भएकाले प्रहरीले जहिले पनि आवासविहीन मानिसहरुलाई खेद्ने गरेको थियो। यस परियोजनाका सञ्चालक एवं परिकल्पनाकारले अब ती आवासविहीनहरु कुनै सुरक्षित स्थानमा गएर ढुक्कसँग निदाउन सक्ने बताउँछन्।