ल फर्ममा गोलीकाण्ड


लस एन्जेल्स, (एजेन्सी)
अमेरिकाको साउदर्न क्यालिफोर्नियामा शुक्रबार एकजना पुरुषले आफूले काम गर्ने ल फर्ममा गएर २ जना व्यक्तिलाई गोली हानेपछि आफैमाथि गोली हानेर आत्महत्या गरेको प्रहरीले जनाएको छ। पत्रकार सम्मेलनमा समृद्ध व्यक्तिहरुको बसोबास हुने गरेको लंग बीच प्रहरी अधिकारी ब्राड जोहन्सनले प्रहरी घटनास्थलमा पुग्दा ती आक्रमणकारी र एकजना पीडितलाई मृत अवस्थामा फेला पारेको तथा दोस्रो पीडितलाई अस्पताल लगिसकेको जानकारी दिएका छन्। ती घाइतेको स्थिति स्थिर रहेको बताइएको छ। ती नाम नखुलाइएका बन्दुकधारीको उद्देश्य थाहा हुन सकेको छैन।