ड्रग्स र रक्सीमा रुमल्लिएको मोडलिङ पेसा मोडलको मृत्यु रहस्यमय


क्वालालम्पुर, (एजेन्सी)
यसै महिनाको शुरूमा मलेसियाको राजधानी क्वालालम्पुरको एउटा अग्लो भवनबाट एक सुन्दर युवतीको खसेर मृत्यु भएको घटना निकै चर्चामा रहेको थियो। ती १८ वर्षीया इभाना स्मिट नामक डच नागरिक वर्षौंदेखि मोडलको काम गर्दै आएकी थिइन्।

उनको मृत्युको घटना अझैसम्म रहस्यको गर्भमा लुकेको छ। सौन्दर्य र मृत्युको यस घटनालाई यौन, लागूऔषध, र रक्सीसँग जोडेर हेर्ने गरिएको छ। साथै यसले मोडल व्यवसायमा संलग्न युवायुवतीले भोग्न सक्ने खतरालाई पनि औंल्याइदिएको छ। स्मिटको भवनको २०औं तल्लाको बार्दलीबाट नाङ्गै खसेर मृत्यु भएको हो।

उनी कतै पार्टी गएर फर्केपछि यो दुर्घटना भएको थियो। अनुसन्धान जारी रहे तापनि प्रहरीले इभानाका अभिभावकलाई यस घटनामा अपराधको कुनै आशंका नरहेको बताएको छ। डच सरकारले यस घटनाको विस्तृत अनुसन्धानका लागि इन्टरपोललाई अनुरोध गरिएको जानकारी बीबीसीलाई दिएको छ।

यसैबीच स्वतन्त्र अनुसन्धानका लागि इभानका परिवारले चन्दा संकलन गर्ने कार्य शुरू गरेको छ। सम्पूर्ण मोडलिङ उद्योगलाई यस घटनाले स्तब्ध बनाएको छ। उनकी सहकर्मी मोडल एमिस्टा सले बीबीसीलाई बताइन्,‘यस्ता घटना धेरै पटक दोहोरिसकेका छन्। मानौं यस्तो लाग्छ, यो घटना हामीमध्ये जोसुकैलाई हुन सक्छ।’ आफ्ना बाजेबज्यैसँग पेनांगमा हुर्केकी इभानाको जीवनको अधिकांश समय मलेसियामा बितेको थियो। उनले १३ वर्षको कलिलै उमेरमा मोडलिङ शुरु गरेकी थिइन्।

केही वर्ष आफ्ना अभिभावकसँग नेदरल्यान्डबाट गत महिना मात्र मलेसिया फर्केकी उनले क्वालालम्पुरमा कुनै एजेन्सीको सहयोगबिना स्वतन्त्र रुपमा मोडलिङ शुर गरेकी थिइन्। पेनांग निवासी इभानाकी बालसखा नताली वुडवठले बीबीसीलाई भन्छिन्, ‘यहाँ फर्केर उनले राम्रा अवसरहरु पाएकी थिइन्। म जहाँ हुनुपथ्र्यो त्यहाँ फर्केको छुँ भनी उनले भनेको अझै पनि सम्झिरहेको छुँ। मलेसिया फर्केकोमा उनी अत्यन्तै खुशी थिइन्।

उनको मृत्युको विस्तृत विवरण अझै स्पष्ट हुन सकेको छैन। आफ्ना वृद्ध बाजेबज्यैसंग अपार्टमेन्टमा आइपुगेकी उनी बिहान सबेरै बार्दलीबाट खसेर मरेकी हुन्। सञ्चार माध्यमले भने उनको लाश अपरान्ह छैंठो तल्लाको बार्दलीमा फेला परेको र उनको रगतमा रक्सी र लागूऔषधिको अवशेष भेटिएको जनाएको थियो।

मलेसियामा आइपुगेका इभानाका परिवारले उनको घाँटीमा डाम देखेको डच सञ्चार माध्यमलाई जानकारी दिएको थियो। सोही अपार्टमेन्टमा बस्दैआएका एक दम्पत्तिलाई लागूऔषधसम्बन्धी अपराधमा पक्राउ गरिएको र अहिले तिनीहरु जमानतमा रिहा भएको स्थानीय सञ्चार माध्यमले जनाएको छ। तिनीहरुले इभाना खस्दा आफूहरु सुतिरहेको प्रहरीलाई बयान दिएका थिए।
तर पछि उनको मृत्युबारे केही थाहा नपाए जस्तो गरी तिनीहरले आफ्नो बच्चालाई स्कुल पुर्याएका थिए। क्वालालम्पुरमा लामो समय देखि चर्चित मोडलको रुपमा काम गर्दै आएकी २८ वर्षिया सले भनेकी छिन् , ‘एक मोडलका लागि मोडलिंग मात्र चासोको विषय रहेन। मोडलहरुका लागि अन्य पनि थुप्रै कामहरु भइरहेका छन्। इभानासंग पनि यही घटना घटे वा घटेनन् थाहा भएन। तर मोडलहरुलाई पार्टी गर्ल बन्नेदेखि लिएर थुप्रै प्रस्ताव आउने गर्दछ। यसरी पार्टीमा कसैको पार्टनर भइदिए बापत एक मोडलले पाँच घन्टामा १२ सय अमेरिकी डलर सम्म कमाउँछन्।’
मोडल कार्ल ग्राहमले त्यस्तो परिस्थितिमा लागूऔषध र रक्सी ठूला समस्याका रुपमा देखा पर्ने गरेको बताउँछिन्।