छोरी बलात्कार गर्ने नरपिशाचलाई सजाय


व्युनसआयर्स, (एजेन्सी)
आफ्नै छोरीलाई निरन्तर बलात्कार गर्दै ८ जना बच्चा जन्माउन बाध्य पार्ने एक नर पिशाच पितालाई अर्जेन्टिनामा बाह« वर्ष लामो कारावास सजाय सुनाइएको सरकारी सूत्रले जनाएको छ।

अर्जेन्टिनाको १ अदालतले ५७ वर्षीय डोमिंगो बुलासियो नामक ती व्यक्तिले बिस वर्षको अवधिसम्म आफ्नी छोरीमाथि बलत्कार गरिरहेको ठहर गरेको छ। आधिकारिक नाम नखुलाइएक ती पीडित महिलाले आफ्नो पिताले आफूलाई ११ वर्षको उमेरदेखि यौन दासीका रुपमा व्यवहार गदै आएको अदालतसमक्ष बयान दिएकी छिन्।

यो अपराधिक घटना अर्जेन्टिनाको उत्तरी प्रान्त सान्टियागो डेल एस्टेरोको भिल्ला बाल्निरिया शहरमा घटेको प्रहरीले जनाएको छ। स्थानीय संचार माध्यमले ती पीडित महिलाकी आमाको मृत्यु भएको वा उनले उनी सानै छँदै घर छाडेर हिंडेको हुनुपर्ने अनुमान गरेको छ।

बुलासियोले आफ्ना अन्य दुईजना सन्तानलाई परिवारका अन्य सदस्यहरुसंग बस्न पठाएको र ति पीडितलाई एघार वर्षको उमेरदेखि नै आमाको भूमिका निभाउन लगाएको बताइएको छ। उनले आफ्नो पिताले सानै उमेरदेखि जवर्जस्ती आफुमाथि बलत्कार गर्दै आएको बताएकी छिन्।
डीएनए परीक्षणबाट ती पीडितको कोखबाट जन्मेका आठैजना सन्तान बुलासियोकै भएको प्रमाणित भएको छ। ती पीडितले आफ्नो पिताबाट हुने अत्याचार बारे बोल्न खोज्दा परिवारकै सदस्यहरूले आफूलाई ज्यान मार्ने धम्कु दिने गरेको क्षत्रीय अखबार एल लिवरललाई बताएकी छिन्।
ती डडतले एउटा मेडिकल सेन्टरमा स्वास्थ परीक्षण गर्न जाँदा सन् २०१६ को शुरुमा यो बलत्कार काण्डको पर्दाफास भएको थियो। उक्त घटना प्रहरीमा उजुरी भएको थाहा पाउना साथ फरार भएका बुलासियोलाई पैतालिस दिनपछि गिरफ्तार गरिएको थियो।