ठगलाई १३ हजार वर्षभन्दा लामो कैद


बैंकक, (एजेन्सी)
एउटा थाइअदालतले एकजना ठगलाई १३ हजार वर्ष भन्दालामो कारवास सजाय सुनाएको छ। ती ३४ वर्षीय पुदित कित्तिथ्रादिलोक नामक ठगले लगान किर्ताहरुलाई उच्च प्रतिफल आउने लोभ देखाएर पोन्जी नामक कार्यक्रम संचालन गरेको स्विकारेका छन्।

उनका विभिन्न कृतिम कम्पनीमा उनले करिव ४० हजार व्यक्तिलाई १६ कराड अमेरिकी डलर भन्दा बढि रकम लगानी गर्न लगाएका थिए। थाइ अदालतले उनले अवैध ढंगले अतिन ैधेरै ब्याजदरमा पैसा सापट दिने गरेको तथा २ हजार ६ सय ५३ वटा जालसाजी गरेको ठहर गरेको छ।

उनले आफु विरुद्ध लगाइएका सम्पूर्ण आपराधिक अभियोग स्वतः कवुल गरेकाले उनलाई ६ हजार ६ सय ३७ वर्ष र ६ महिना लामो कारवास सजाय मिनाहा भएको छ। तर उनले २० वर्षभन्दा लामो सजाय भोग्लान् जस्तो देखिन्न। थाइ प्रचलित कानुनअनुसार उनले आफुलाई तोकिएको दुईवटा सजायको जनही अधिकतम दस वर्ष कैद भुक्तान गर्नुपर्ने हुन्छ। बैंकक पोस्टका अनुसार उनले विभिन्न सेमिनार आयोजना गरी सौन्दर्य, प्रपर्टी विकास र प्रयोग भइसकेका कारहरुलगायत विभिन्न आकर्षक व्यवसायमा लगानी गर्न ग्राहक संकलन गर्ने गरेका छन्। साथै उनले आफ्ना कम्पनीमा नयाँ सदस्य बनाउनेहरुलाई आकर्षक भत्ता र उपहारको लोभ पनि दिने गरेको बुझिएको छ।

अदालतले उनका दुईवटा कम्पनीलाई जनही दुई करोड अमेरिकी डलर जरिवाना पनि तोकेको छ। साथै ती कम्पनीलाई अहिलेसम्म पत्ता लागेका २ हजार ६ सय ५३ जना पीडितलाई वार्षिक ७ दशमलव ५ प्रतिशत ब्याजसहित तिनीहरुको करिब १ कारोड ७० लाख डलर वरावरको लगानी फिर्ता गर्न आदेश दिइएको छ।