मोर्सीलाई न्यायालयको अपमान गरेकोमा सजाय


कायरो, (एजेन्सी)
इजिप्टका पूर्वराष्ट्रपति मोहमद मोर्सीलाई न्यायालयको अपमान गरेको अभियोगमा शनिबार ३ वर्ष लामो कारावास सजाय सुनाइएको छ। उनी विरुद्ध यस अद्धि नै अनय विभिन्न अभियोगमा आजीवनलगायत अन्य थुप्रै कैदको सजाय सुनाइएको थियो।

उनलाई आतंककारी कार्यको षडयन्त्र गरेको अभियोगमा पुन मुद्धा दोहर्याइएको छ। पहिला उनलाई यसै अभियोगमा मृत्युदण्ड सनाइएको थियो। तर माथिल्ला ेअदालतमा गरिएको अपिलका कारण मृत्युदण्ड रोक्का भएको थियो। सन् २०१३ मा सेनाद्वारा अपदस्थ गरिएदेखि मोर्सीलाई हिरासतमा राखिएको छ।

उनलाई अहिले अत्यन्त ैकडा सुरक्षा व्यवस्था रहेको कारगारमा थुनिएको छ। मोसीलाई सन् २०१३ मा भाषण दिने क्रममा सम्माननीय अदालतको अपहेलना गरेको अभियोगमा ५६ हजार अमेरिकी डलर जरिवाना पनि गरिएको छ।

राजधानी कायरोस्थित एक अदालतले शनिबार राजनीतिक ब्लगर अला अब्देल फत्ताह र पत्रकार ताफिक ओकासालगायत मोर्सीका अन्य १७ जना सहयोगीलाई पनि विभिन्न सजाय सुनाएको छ।
विगतमा मोर्सीले आफूलाई सजाय सुनाउने अदालतको वैधानिकतामाथिै नै प्रश्न उठाउने गरेका थिए। आफ्नो मुद्धाको पहिलो सुनुवाइका क्रममा मोसीर्ले अदालत कक्षमै चिच्याएर आफूलाई जवर्जस्ती हिरासतमा राखिएको बताएका थिए। त्यहिबेला देखि उनलाई अदालतमा लाँदा साउन्डप्रुफ काँचको कक्षमा राख्ने गरिएको हो।

उनी इजिप्टका पहिलो प्रजातानित्रक ढंगले निर्वाचित राष्ट्रपति हुन्। उनलाई अपदस्थ गरेपछि सैनिक सरकारले उनको इस्लामिक पार्टी मुश्लिम ब्रदरहुटमाथि दमनको नीति अपनाएको थियो। अहिले यो पार्टी पूर्णत प्रतिबन्धित छ।