नेपाल–बुर्किनाफासोबीच कूटनीतिक सम्बन्ध स्थापना

0
Shares

काठमाडौं, (नेस)
नेपाल र अफ्रिकी मुलुक गणतन्त्र बुर्किनाफासोबीच दौंत्य सम्बन्ध स्थापना भएको छ। दुवै भू–परिवेष्ठित मुलुकबीच औपचारिक रूपमा कुटनीति सम्बन्ध स्थापना भएको हो।

संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई र राष्ट्रसंघका लागि बुर्किनाफासोका दूत यमदाउगो इरिक टायरेले शुक्रबार यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो। सो अवसरमा दुवै मुलुकका दूतहरूले एक अर्को मुलुकबीच आगामी दिनमा गर्न सकिने सहकार्यका बारेमा पनि छलफल गर्नुभएको न्ययोर्कस्थित नेपाली नियोगले जनाएको छ।

नेपाल जस्तै अल्पविकसित मुलुकमा सूचिकृत बुर्किनाफासो सन् १९८४ अघि अप्पर भोल्टाको नामबाट परिचित थियो। सो मुलुकसँग दौत्यसम्बन्ध स्थापना भएसँगै नेपालले विभिन्न १ सय ५६ मुलुकसँग औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको परराष्ट्र मन्त्रालयको तथ्यांक छ।