२४ वर्ष देखि निर्माण भईरहेको बसन्तपुर–दोभान सडकको दुई जिल्लाबाट टेण्डर खुलाउने तयारी

0
Shares

रविन भट्टराई, ताप्लेजुङ । संखुवासभाको बसन्तपुर–गुफा हुँदै ताप्लेजुङको दोभान जोड्ने मदन भण्डारी राजमार्ग निर्माणले गति लिने भएको छ । अब टेण्डर आवाहान गर्दा संखुवासभा र ताप्लेजुङ दुबै तर्फबाट सो बाटो स्तर उन्नतिको लागि टेण्डर खुलाईने भएकाले मोटर बाटो निर्माणले गति लिने भएको हो ।

ताप्लेजुङबाट प्रतिनिधिसभाका लागि विजयी संसद तथा एमाले केन्द्रिय सचिव योगेश भट्टराई र भौतिक योजना मन्त्रालयका सचिव बिच शुक्रबार भएको छलफलमा दुबै जिल्लाबाट सो बाटो निर्माणका लागि टेण्डर खुलाउने र दुबै जिल्लाले अनुगमन गर्ने सहमति भएको हो ।

अबको टेण्डरमा संखुवासभाले बसन्तपुर–गुफा र ताप्लेजुङले गुफा–दोभानका लागि टेण्डर खुलाएर काम गर्ने भट्टराईले जानकारी दिनुभयो । यस अघि संखुवासभाबाट मात्र टेण्डर आवाहान गर्दा ताप्लेजुङ तर्फको भागको बाटो निर्माणमा ठेकेदारले लापरबाहि गर्ने र समयमा अनुगमन नहुँने समस्या भएकाले दुई भाग गरी टेण्डर खोल्ने मन्त्रालयका सचिव बिच सहमति भएको उहाँको भनाई छ । सो बाटो निर्माणमा ठेकेदारले लापरवाहि गर्दा निर्माण सुरु भएको २४ वर्ष बितिसक्दा समेत काम सम्पन्न भएको छैन ।

साथै सो बाटो सहित तमोर करिडोर र जिल्लाका प्रमुख मार्ग निर्माणलाई गति दिन अर्थ मन्त्रालय बजेट महाशाखाका प्रमुख केवल भण्डारी सँग बजेट बढाउने विषयमा समेत छलफल भएको सचिव भट्टराईले जानकारी दिनुभयो ।

ताप्लेजुङको ओलाङ्चुङगोला हुँदै चिनको तिब्बत जोड्ने ओलाङ्चुङगोला लोकमार्ग निर्माणको बाँकि भाग खन्नका लागि केहि दिनमानै टेण्डर आवाहान गर्ने र दुबै तर्फबाट निर्माण निर्माण गर्ने विषयमा पनि बजेट महाशाखा र मन्त्रालय बिच पनि सहमति भएको भट्टराईको भनाई छ ।

सो मोटरबाटो निर्माणका लागि माथिल्लो क्षेत्रबाट काम गर्न चिन बाट सामाग्रि ल्याउनुपर्ने हुँदा चिनियाँ सरकार सँग नेपाल सरकारले भुमिका खेल्ने भट्टराईले बताउनुभयो ।

यस्तै सुकेटार–पाथिभरा सडक खण्ड निर्माणमा बजेट बढाई कालोपत्रे गर्ने र याम्फुदिन जोड्ने मोटरबाटो निर्माण र बजेट बढाउने विषयमा पनि सहमति भएको उहाँले बताउनुभयो ।
शुक्रबारनै ताप्लेजुङको दोभानमा तमोर नदि माथि निर्माणधिन मोटरेवल पुल निर्माण कम्पनि, ठेकेदार र ताप्लेजुङका जनप्रतिनिधि बिच फागुन महिना भित्र बिना रोकावट काम सम्पन्न गर्ने सहमति पत्रमा हस्ताक्षर भएको योगेश भट्टराईको भनाई छ । हाल सो मोटरेवल पुल निर्माणाधिन अबस्थामा रहेको छ ।