डमरु मृत अवस्थामा फेला

0
Shares

विनोद सिंह विष्ट, बैतडी । मृत अवस्थामा बैतडीमा आज बिहान एक चितुवाको बच्चा(डमरु) फेला परेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रहरी प्रमुख , प्रहरी निरीक्षक कमल विष्टका अनुसार दशरथचन्द नगरपालिका–९ ग्वाल्लेक सामुदायिक बनमा पासोमा परेर मरेको अवस्थामा चितुवाको बच्चा फेला परेको हो । उहाँले भन्नुभयो “आज बिहान घाँस काट्न गएका स्थानिय महिलाले चितुवाको बच्चालाई मरेको अवस्थामा फेला परेपछी प्रहरीलाई खबर गरेको थियो”
४ फिट ७ ईन्च लामो करीब डेढ बर्षको चितुवाको बच्चा बिहीबार राती मरेको हुनसक्ने जिल्ला बन कार्यालय बैतडीले जनाएको छ । बदेल तथा अन्य जंगली जनावरको शिकारका लागि थापेको पासोमा परेर चितुवाको बच्चा मरेको हुनसक्ने प्रहरीले जनाएको छ । पासो कसले थापेको हो भन्नेबारे केही खुल्न सकेको छैन् ।