मुगुमा पढाई मेला आकर्षक, हजारौंले गरे अबलोकन

0
Shares

बीरबहादुर बम, मुगु । जिल्ला सदरमुकाममा १ दिने शैक्षिक मेला सम्पन्न भएको छ । उक्त शैक्षिक मेलाको दृश्या अबलोकन गर्न बालबालिका अभिभावकको पनि बाक्लो उपस्थिति रहेको थियो । गुणस्तरिय शैक्षिक वातावरमा बृद्धि गर्न विद्यार्थीले स्थानिय स्तरमा प्रयोग हुने माटो, ढुंगा, काठ र कागजको प्रयोग गरी लोप हुन लागेको स्याखुु, सुपो, जाँतो, दुम्चो, हलो, मुसल, गुम्बा, तान, कुचो, लगाएतका ३ दर्जन भन्दा बढि साम्रागी निमार्ण गरि कलाप्मक नमूना प्रस्तुत गरिएको थियो ।
जिल्ला शिक्षा कार्यालय मुगुको समन्वय, युनिसेफ नेपाल र बिश्व शिक्षाको आर्थिक प्राबिधिक सहयोग, कर्णाली एकिकृत ग्रामिण बिकास तथा अनुसन्धान केन्द्र मुगुको आयोजनामा मेला सञ्चालन गरिंदै आएको छ ।