लालबाबु पण्डितले गृह मन्त्रालय पाउलान ?

0
Shares

भक्तपुर । एमालेका नेता एवं पुर्वमन्त्री लालबाबु पण्डितले आफूले गृह मन्त्रालयको जिम्मेवारी पाए हाल भएका मध्ये ५० प्रतिशत अपराध न्यूनिकरण गर्ने दाबी गरेका छन ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कारमा नेता पण्डितले राजनीति र अपराधको साँठगाँठकै कारण हुने अपराध न्यूनिकरणको उपाय आफूसँग भएको र त्यहि कार्यनीति र रणनीतिका साथ अघि बढे अपराध न्यूनिकरण जुनसुकै मन्त्रीले गर्न सक्ने दावी गरे ।

हरेक मन्त्रीले पाएको जिम्मेवारी इमान्दारीका साथ निर्वाह गर्न सके देशले १० बर्षमै बिकासको फड्को मार्न सक्ने बताउँदै मन्त्रीले सफलता पूर्वक इमान्दार भएर काम गरे बिदेशमा भएका युवाहरुलाई स्वदेशमै काम दिएर बिदेशबाट आएको विप्रेषणले देश चलाउने कामको अन्त्य हुने बताए । उनले २० बर्षमै नेपाललाई दातृ राष्ट्रको रुपमा समेत बिकास गर्न सकिने दाबी गरे ।