जटिल समस्या भएका १९ जना विरामीहरुको सफल शल्यक्रिया

0
Shares

धनवीर दाहाल, रुकुम । रुकुम पश्चिमको चौरजहारी अस्पतालमा शल्यक्रया सेवा सुरु भएको छ । एक साता देखि संचालन गरीएको शिविरमा १९ जना विरामीहरुको सफल शल्यक्रिया गरीएको छ । जटिल समस्या भएका विरामीहरुलाई लक्षित गरेर शिविर संचालन गरिएको हो । मानव विकास तथा सामुदायिक सेवा द्धारा संचालित चौरजहारी अस्पतालमा शिविर एक महिना सम्म संचालन हुने अस्पताल प्रशाशक डिल वहादुर गिरीले जानकारी दिनुभयो ।

शिविरमा हाडजोर्नी, आगोले पोलेर शरिरीर अंगभंग भएका,े महिलाहरुको पाठेघर तथा पेट सम्वन्धि समस्या भएका विरामीहरुको शल्यक्रिया भईरहेको वताईएको छ । आर्थीक अभावले गर्दा जिल्ला वाहिर गएर उपचार सेवा लिन नसक्ने विरामीहरुका लागी शिविरले राहात दिएको स्थानिय पवित्रा वोहराले जानकारी दिनुभयो । शिविरमा डाक्टर एन शर्माको नेतृत्वमा स्वास्थ्यकर्मीहरुको टोली खटेको छ । रुकुम सल्यान र जाजरकोट जिल्लाका जटिल समस्या भएका विरामीहरुले शिविर वाट लाभ लिएको अपतालका मेडिकल डाईरेक्टर डाक्टर कालेव वुढाले वताउनुभयो । न्युन आर्थीक आय भएका विरामीहरुको पुर्ण रुपमा निशुल्क शल्यक्रिया गरीने अस्पतालले वताएको छ ।