सर्वसाधारण मारिए


जेनेभा, (एजेन्सी)
साउदी अरेबियाको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय गठबन्धन फौजले विगत १० दिनभित्र यमनमा गरेको हवाई हमलामा १ सय ९ जना सर्वसाधारणको ज्यान गइसकेको बिहीबार संयुक्त राष्ट्र संघका एकजना वरिष्ठ अधिकारीले बताएका छन्। यस हमलामा ५४ जना एउटा व्यस्त बजारमा र एउटै परिवारका १४ जना सदस्य एउटा फार्ममा मारिएका थिए। यमनमा इरान समर्थित हौथी लडाकूको सशस्त्र आन्दोलन दबाउन उक्त गठबन्धन फौजलाई संयुक्त राज्य अमेरिका, बेलायत र अन्य मुलुकले पनि सहयोग र समर्थन गरिरहेका छन्।