सुपरमार्केटमा विस्फोट


सेन्ट पिटर्सवर्ग, (एजेन्सी)
रसियाको दोस्रो सबैभन्दा ठूलो शहर सेन्ट पिटर्सवर्गको एउटा सुपर मार्केटमा बुधबार भएको विस्फोटनमा कम्तिमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। यसै वर्ष यस शहरको सव वेमा भयानक बम विस्फोट भएको थियो। ग्राहकको व्यागमा राखिएको करिब २ सय ग्राम विस्फोटक पदार्थ पड्केको र बढी क्षति पुर्याउन छर्रासमेत प्रयोग गरिएको प्रहरीले जनाएको छ। यस घटनाको जिम्मेवारी अहिलेसम्म कसैले पनि लिएको छैन। उत्तरपश्चिमी कालिनिन्स्की जिल्लास्थित पेरेक्रेस्टोक सुपरमार्केटको एउटा शाखामा यो घटना भएको हो।