बेलायती महिला जेलमा


कायरो, (एजेन्सी)
इजिप्टमा १ बेलायती महिलालाई पेन किलर ट्याब्लेट राखेकोमा ३ वर्षको जेल सजायँ तोकेको छ। उनीमाथि औषधि तस्करी गरेको आरोप लगाइएको थियो। ३३ वर्षिया लारा प्लमरबाट ३ सय चक्की पेन किलर बरामद गरिएको थियो। गत अक्टोबर ९ मा प्लमरको सुटकेसमा उक्त ट्रमाडोल ट्याब्लेट फेला परेपछि उनलाई पक्राउ गरिएको थियो। प्लमरले ती औषधि बेलायतमा वैध भएको तर इजिप्टमा प्रतिबन्धित रहेको आफूलाई जानकारी नभएको दाबी गरेकी थिइन्। उनको परिवारले उनका वकिलले अपिल दायर गरिसकेको जानकारी दिएको छ।