दक्षिण कोरियाली राष्ट्रपतिद्वारा सम्झौता रद्द सम्झौता असफल


सोल, (एजेन्सी)
दक्षिण कोरियाको विदेश मन्त्रालयले सन् २०१५ मा दोस्रो विश्वयुद्धकालीन यौनदासीहरूलाई क्षतिपूर्ति दिने सम्बन्धमा जापानसँग भएको सम्झौताले ती पीडितहरूको आवश्यकतालाई सम्बोधन गर्न असफल भएको जनाएको छ। उक्त मन्त्रालयले गठन गरेको एक आयोगले सम्झौताले जीवित यौनदासीहरूको विचारलाई प्राथमिकता दिन नसकेको बताएको छ।

जापानसँगको दशकौं लामो कूटनीतिक विवादको अन्त्यका लागि दक्षिण कोरियाको यसअघिको सरकारले उक्त सम्झौतामा हस्ताक्षर गरेको थियो।
दक्ष्ँिण कोरियाली अभियन्ताहरूले दोस्रो विश्वयुद्धको दौरान जापानी सेनाले करिब २ लाख महिलालाई देह व्यापार गर्न बाध्य पारेको बताउँछन्।
दक्षिण कोरिका राष्ट्रपति मून जाउ –इनले बिहीबार उक्त सम्झौता काम नलाग्ने भन्दै औपचारिक रूपमा रद्द गरिएको जानकारी दिएकाले जापान र दक्षिण कोरियाबीचको कूटनीतिक सम्बन्ध चिसिने सम्भावना बढेको छ। सरकारी समाचार निकाय योन्हापले यस सम्झौताले कुनै पनि हालतमा ती हजारौं यौनदासीहरूको माग सम्बोधन हुन नसक्ने देखकाले राष्ट्रपति मूले आफ्नो अधिकार प्रयोग गरी त्यसलाई रद्द गर्ने निर्णय गरेको जनाएको छ।

जापानी प्रधानमन्त्री सिन्जो आबे र तत्कालीन दक्षिण कोरियाली राष्ट्रपति पार्क गेयुन ह्येले हस्ताक्षर गरेको सो सम्झातामुताबिक जापानले पीडितहरूसँग क्षमायाचना गर्दै बाँचिरहेका पीडित महिलाको सहयोगका लागि ८८ लाख अमेरिकी डलरको कोष खडा
गरिदिएको थियो।