राष्ट्रियसभा निर्वाचन नभएसम्म नयाँ सरकार रोक्न रिट



काठमाडौं । राष्ट्रियसभा निर्वाचन नभएसम्म नयाँ सरकार गठन रोक्नको लागि सर्वोच्चमा अदालतमा विहीबार रिट परेको छ । अधिक्ता यज्ञमणि न्यौपानेले राष्ट्रियसभा गठन नभई सरकार गठन नहुने उल्लेख गर्दै रिट दर्ता गरेका हुन् । रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोगको कार्यालयको साथै नेकपा एमाले, माओवादी केन्द्र र नेपाली काँग्रेसलाई विपक्षी बनाइएको छ ।

रिटमा राष्ट्रपतिले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश तत्काल जारी गर्नुपर्ने र निर्वाचन आयोगले अध्यादेश पारित नभएसम्म समानुपातिकको अन्तिम नतिजा सार्वजनिक गर्न नहुने उल्लेख गरिएको छ । अध्यादेश पारित नगरी प्रधानमन्त्रीको नियुक्ति प्रक्रिया अगाडि बढाउन नहुने, राष्ट्रियसभाको निर्वाचन परिणाम प्रकाशन नभएसम्म प्रतिनिधिसभाको गठन नै हुन नसक्ने जनाउँदै २४ घण्टाभित्र अध्यादेश जारी गर्न अन्तरिम आदेश माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्