चीनको बिशेषज्ञ चिकित्सक टोली नेपाल भ्रमणमा

0
Shares

भगवती तिमल्सिना, काठमाडौं । नेपालमा चीनका वरिष्ठ मुटुरोग विशेषज्ञको टोली स्वास्थ्य सेवा अवलोकन र भगिनी सम्बन्ध विस्तारको प्रस्ताव सहित नेपाल आएका छन् । टोली स्वास्थ्य सहयोग आदान प्रदानको सम्भाब्यता अध्ययन गर्दै नेपाल सरकारका प्रतिनिधिहरुसँगको छलफलमा व्यस्त रहेका छन् ।
चिकित्सकीय टोली साइनो नेपाल मिडिया सोसाइटीको निमन्त्रणामा चार दिने भ्रमणमा नेपाल आएका हुन् । चीनका मुटुरोग विशेषज्ञ तथा पूर्व राष्ट्रपति च्याङचमिङका नीजि चिकित्सक तथा चीनको सांघाई नम्बर १० पिपुल्स अस्पतालको कार्डियोलोजी विभागका प्रमुख प्राडा सु यावेइको नेतृत्वमा ६ सदस्यीय चिकित्सकको नेपाल आएको छ ।
डा.सु लगायतको टोलीले बुधबारै नेपालको स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखाका प्रमुख प्राडा श्रीकृष्ण गिरीसँग भेटी नेपालको स्वास्थ्य अवस्था र सहयोग आदान प्रदानका लागि सम्भावित क्षेत्रका बारेमा छलफल समेत गरेका छन ।
छलफलका क्रममा प्राडा गिरीले नेपाल संघीयतामा गैसकेकाले सेवा विस्तार प्रदेशीय हिसाबमा अघि बढ्न सक्ने बताउनुभएको थियो । उहांले स्वास्थ्य सेवा तथा मुटुरोगका बारेमा विद्यालय तह देखिनै अघि बढाउनुपर्नेमा भ्रमण टोलीलाईजानकारी गराउनुभएको थियो । साथै आवश्यक पर्ने उपकरण, दक्ष जनशक्ति, तालीमका र दुईदेशका चिकित्सकका बीच अनुभव आदान प्रदान गरि टेलि मेडिसिनलाई समेत गाउँ गाउँमा पुर्याउन सके स्वास्थ्य सेवाका बारेमा दुईदेशको सम्बन्ध सुमधुर हुने कुरामा जोड दिएको डा. गिरीले नेपाल समाचारपत्रलाई जानकारी गराउनुभयो ।
साइनो नेपाल मिडिया सोसाइटीका अध्यक्ष ध्रुव पौडलेका अनुसार विगतमा नेपाल सरकारले वान बेल्ड वान रोड परियोजनामा हस्ताक्षर गरिसकेको छ । अबका दिनमा हस्ताक्षर अनुसार कार्यान्वयनमा कसरी लैजान सकिन्छ भन्ने उदेश्यले साइनो नेपाल मिडिया सोसाइटीले चीन सरकारलाई नेपालमा मुटुरोगीको संख्यामा बृद्धि भैरहेको अवस्थामा सुधारका लागि सहकार्य गर्ने वातावरण तय गर्नका लागि नेपाल भ्रमणमा बोलाइएको उहांले बताउनुभयो ।
चिकित्सक टोलीले नेपालको स्वास्थ्य अवस्थाको जानकारी लिनुका साथै पर्यटकीय क्षेत्र काठमाडौल ललितपुर र भक्तपुरको भ्रणण गरिसकेका छन् । त्यसैगरी शुक्रवार शहिद गंगालाल राष्ट्रिय ह्दयरोग केन्द्रमा सेवा अवलोकन गर्नुका साथै केही उपकरण हस्तातरणका लागि सम्भाब्यता अध्ययन गर्ने कार्यक्रम रहेको डा.सुले जानकारी गराउनुभयो । शनिवार विहानै चीन फर्कने कार्यक्रम रहेकाले चिकित्सक टोलीले शुक्रवार दिउसो काठमाडौको माण्डु एकेडेमी लगायतको भ्रमण गर्ने तालिका तयार भएको जानकारी अध्यक्ष पौडेलले गराउनुभयो ।
विहिवार काठमाडौंमा आयोजना गरिएको स्वास्थ्य क्षेत्रमा नेपाल चीन आदान प्रदान र सहयोग विषयक कार्यक्रममा बोल्दै विना विभागीय मन्त्री गिरीराजमणी पोखरेलले नेपालका लागि बहुपक्षिय सहयोग खाँचो रहेको कुरा औल्याउनुभयो । उहाँले जनस्तरबाटै नेपाल र चाइनाको सम्बन्ध विस्तारको खाँचो रहेको अवस्थामा साइनो नेपालले सेतुको काम गरेर हामीलाई एकै थलोमा जुटाएको छ । आगामी दिनमा यस बिषयलाई गम्भिरताका साथ लिएर अघि बढ्छौं भन्नुभयो । उहाँले नेपाल र चीनको सम्बन्ध प्रशसनीय रहेको र भविष्यमा थप सुधार गर्दै लैजानेछौ भन्नुभयो ।