सि.सं. ४४ जुनियर डिभिजन तालिमको ७९ दिन पुरा

0
Shares

सरिता चलाउने, सल्यान । सल्यान जिल्लामा सञ्चालन गरिएको सि.सं. ४४ जुनियर डिभिजन तालिमको ७९ दिन पुरा भएको छ । शिक्षा मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयको संयुक्त कार्यक्रम राष्ट्रिय सेवा दल तालिम जिल्लाको महेन्द्र रत्न माद्यामिक बिद्यालय पिपलनेटामा सञ्चालन गरिएको थियो । असार ६ गते देखी शुरु भएको तालिममा १८ जना छात्रा र १८ जना छात्र गरेर ३६ जनाको सहभागिता रहेको थियो ।
१०० दिने निशुल्क तालिमको ७९ दिन पुरा भएको छ भने २१ दिने क्याम्प टे«निङको लागी कोहलपुर जाने आयोजकले जनाएको छ । तालिममा बिद्यार्थीहरुलाई मास पि.टि., ब्यक्तित्व बिकास, नेतृत्व बिकास, तनाव ब्यबस्थापन, खुकुरी ड्रिल, कराते, तेक्वान्दो, एरोबिक्स, साँस्कृतिक नृत्य, बिपद ब्यबपस्थापन, प्राथामिक उपचार लगाएतका बिषयमा जानकारी दिईएको थियो ।
आज पिपलनेटामा एक कार्यक्रमको आयोजना गरेर उनीहरुले सिकेको सिप कला प्रर्दशन गरेका छन् । कार्यक्रममा बोल्ने सहभागीले बिद्यालयको पढाईले बिद्यार्थीहरुको चौतर्फि बिकास हुन नसक्ने भएकाले अनुसासन, देशभक्ति, आत्म रक्षा लगाएतका सकारात्मक कुराहरु सिकाउन यो तालिम फलदायी भएको बताएका थिए । साथै यस तालिमले युवा बर्गहरुलाई शारिरीक, मानसिक र बौद्धिक रुपमा बिकसित गरी सकारात्मक परिबर्तन तर्फ उन्मुख गराउन महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।