अव रुकुमबाट काठमान्डौ पुग्दा दाङ्ग झर्न नपर्ने

0
Shares

धनवीर दाहाल, रुकुम । रुकुमबाट काठमान्डौ पुग्दा सँधै, सल्यान, दाङ्ग हुँदै बिभिन्न तराईका जिल्ला क्रस गर्नुपर्ने बाध्यता अव यात्रुहरुलाई हट्ने भएको छ । रुकुम–पोखरा डिलक्स बस सेवा सञ्चालन हुने भएपछि रुकुमबाट काठमान्डौ पुग्न यात्रुहरुलाई सजिलो भएको हो । पश्चिम रुकुमको मुसिकोटबाट पोखरसम्म सुविधा सम्पन्न डिलक्स बस सेवा सञ्चालन हुन लागेपछि यात्रुहरुमा खुसी छाएको छ । पर्यटकीय नगरी पोखरासँग रुकुमलाई जोडेर रुकुमको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले रुकुम–पोखरा यातायात सेवा सञ्चालन गरेको सानोभेरी यातायात सेवा समितिका महासचिव वीरबहादुर मल्लले जानकारी दिए ।
उनले भने, ‘पुस १६ गतेदेखि रुकुम पश्चिमदेखि पोखरासम्म प्रत्येक दिन बस सेवा सञ्चालन हुनेछ ।’ झण्डै ४ सय ७० किलोमिटर रहेको रुकुम–पोखराका लागि १ हजार ३ सय ५० भाडादर कायम गरिएको छ । यसअघि पोखरा रुकुम बस सेवा नहुँदा स्थानीय दाङ, नेपालगञ्ज, बुटवल तथा काठमाडौंका गाडीमा यात्रा गर्न बाध्य थिए । रुकुमको सानीभेरी यातायात सेवा समिति र पोखराको पृथ्वी राममार्ग बस सञ्चालक समितिबीच रुकुम पोखरा यातायात सञ्चालन गर्ने सम्झौता गरेको छ ।