तयार भयो सवालाख महाशिवलिंग

0
Shares

हेटौंडा, (नेस) । शिव सेना नेपाल मकवानपुरको धार्मिक विभाग र गुप्तेश्वर क्षेत्र विकास कोषको आयोजनामा हेटौंडाको कुष्माण्ड सरोवर त्रिवेणीधाममा मंसिर २६ गतेदेखि सुरु सवालाख महाशिवलिंग निर्माण उद्घाटन गरिएको छ ।
बिहीवार विहान ११ः३० बजेको शुभ साइतमा सवालाख शिवलिंगको एकसाथ उद्घाटन एवम् दर्शन गरिएको हो । शिवलिंगको गुरु दीपज्योति शास्त्रीद्वारा विधिवत् उद्घाटन गरिएको हो ।
दर्शन कार्यक्रमपश्चात् हेटौंडाका मेयर हरिबहादुर महतले मकवानपुरमा यति ठूलो महायज्ञ हुनु राम्रो भएको र आफ्नो धर्म, सँस्कृति जोगाउने खालका कार्यप्रति सधैं सहयोग रहने बताउनुभयो । शनिबारसम्म शिवलिंगको २४ सै घण्टा दर्शन गर्न पाइने आयोजकले जनाएको छ ।
यस्तो महायज्ञ त्रेतायुगमा च्यवन ऋषिले गरेपछि विश्वमा दोस्रो पटक हेटांैडामा गरिएको आयोजकको दाबी छ । महायज्ञमा दैनिक पाँच हवन कुण्डमा चरुहवन, कोटीहोम, धाञ्याञ्चल, अखण्ड दीप प्रज्ज्वलन, गंगा आरति तथा गुरु शास्त्रीद्वारा कथावाचन लगायत कार्य जारी छ ।
महायज्ञमा सम्पूर्ण सामग्री भारतबाट ल्याइएको हो । भारत र नेपालका गरी १ सय २४ जना गुरुबाट पूजाकार्य भइरहेको छ ।