चिर्दीखोलामा मोटरेबल पक्की पुल निर्माण शुरु

0
Shares

नेपाल समाचारपत्र, पर्वत । फलेवास नगरपालिका बडा नम्वर ७ र १० लाई जोडने चिर्दीखोलामा पक्की मोटरेबल पुलको निर्माण कार्य शुरु भएको छ ।
जिल्ला प्राबिधीक कार्यालय पर्वतले फलेबास – लुंखु– हुवास सडकमा पर्ने चिर्दी खोलामा पक्की पुल निर्माण शुरु गरेको हो ।
करिब १ करोड ६७ लाख ६४ हजार ६ सय २४ रुपैंयाको लागतमा पुल निर्माण शुरु गरिएको छ । फलेवास—लुंखु—हुवास सडक खण्डमा पर्ने पुलको लम्बाई १८ मिटर हुनेछ । पुल २०७५ असार मसान्त सम्ममा सम्पन्न गरिने लक्ष्य रहेको जिल्ला प्राविधिक कार्यलय पर्वतका प्रमुख जिल्ला इन्जिनियर जगदीश शर्माले जानकारी दिए ।
फलेवास—लुंखु—हुवास सडक वर्षौँअघि बनेको भएपनि उक्त स्थानमा हालसम्म पुल नहुँदा सवारी लाई खोला वारपार गर्न निकै समस्या हुँदै आएको छ । चिर्दीखोलामा मोटरेवल पुल बन्ने भएपछि स्थानीय हर्षित भएका छन् । मोटरेवल पुल निर्माण भए पश्चात दक्षिणी क्षेत्रका करिब १६ वटा वडाहरु प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।
यसैबिच चिर्दीखोला मोटरेबल पुलको प्रदेशसभाका सदस्य बिकास लम्सालले शिलन्यास गरे । उनले पुल निर्माण पछि दक्षिण पर्वतलाई सोझो यातयात सम्पर्क बढाउन सहज हुने बताए । सोही समारोहमा चिर्दीखोला पुललाई जग्गा प्रदान गर्न जग्गादातालाई दोसल्ला र सम्मानपत्र मार्फत समानित गरिएको थियो ।