अखिल दाङमा लफडा, उपाध्यक्षले अध्यक्ष कुटे

0
Shares

दाङ । अनेरारास्ववियु दाङका अध्यक्ष बिरबल खडका आफ्नै उपाध्यक्षबाट कुटिएका छन् । खङ्कालाई उपाध्यक्ष सर्जन परियारले आज बिहान कुटपीट गरेका हुन् । अखिल क्रन्तिकारी सँग बिजौरीस्थित जनता क्याम्पसमा संयुक्त कार्यक्रम गर्ने तयारी गरिरहेका बेला उपाध्यक्ष परियार नेतृत्वको समूहले आफूमाथी कुटपीट गरेको अध्यक्ष खङ्काले जानकारी दिनुभएको छ । शौचालयबाट बाहिर निस्कने क्रममा परियार नेतृत्वको समूहले आफूलाई हेल्मेटले हानेको उहाँले जानकारी दिनुभयो । अध्यक्ष खङ्का र उपाध्यक्ष परियार समूह बिच लामो समयदेखी कुटाकुट हुँदै आएको छ । केही महिना पहिले उपाध्यक्ष परियार अखिलको बैठक बसेका बेला कुटिएका थिए । इप्रका तुलसीपुरका प्रमुख डीएसपी प्रकाश सापकोटाका अनुसार कुटिएका खड्कको घाँउजाँच केश फाराम बनाइएको छ । अध्यक्षलाई कुटपीट गरेको आरोप लागेका उपाध्यक्ष परियारको खोजी भइरहेको इप्रका तुलसीपुरले जनाएको छ ।