एमालेको स्थायी समिति आज, सरकार गठन लगायतको विषयमा छलफल हुने

0
Shares

काठमाडौँ । नेकपा एमालेको स्थायी समिति बैठक आज बस्ने भएको छ । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न दिउँसो १ बजेपछि अध्यक्ष केपी ओलीको निवास भक्तपुरको बालकोटमा बैठक बस्न लागेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । बैठकमा प्रदेशसभामा समानुपातिकतर्फ सांसद बन्नेको नाम टुंग्याउने विषयका साथै नयाँ सरकार गठन, माओवादीसँग पार्टी एकता, राष्ट्रियसभा गठनको विवादका विषयमा छलफल हुनेछ ।