आधा दर्जन श्रीमति भएका चन्द्रबहादुरको चार औँला श्रीमतिले नै पोलेर खाइन

0
Shares

दाङ । आधा दर्जन श्रीमति भएका दाङका एक बृद्धको चार औँला श्रीमतिले नै पोलेर खाएकी छिन । तुलसीपुर उपमहानगरपालिका वडानम्बर १ भम्के छोटे बस्ने चन्द्रबहादुर महतराको उनकै जेठी श्रीमति ६४ वर्षीय रिसमी महतराले दायाँ हातका चार औँला काटी पोलेर आएकी हुन । बिहीबार बिहान उपचारका लागि चन्द्रबहादुरलाई राप्ती अञ्चल अस्पताल तुलसीपुरमा लगिएपछि घटना बाहिर आएको हो । चन्द्रबहादुरलाई थप उपचारका लागि बाँकेको नेपालगञ्ज पठाइएको छ । श्रीमति रिसमीलाई श्रीमानको हातका औंला काटेर पोलेर खाएको अभियोगमा प्रहरीले पक्राउ गरिसकेको छ । बुधबार राती मदिरा सेवन गरी घर आएका श्रीमानलाई समातेर उनले घरेलु हतियारले औंला काटेर पोलेर खाएको वयान दिएको प्रहरीले जनाएको छ । चन्द्रबहादुरका ६ श्रीमती मध्ये रिसमी जेठी हुन ।