स्वास्थ्य मन्त्रालयको सचिवमा डा. पुष्पा चौधरी

0
Shares

काठमाडौँ । स्वास्थ्य मन्त्रायको सचिवमा डा. पुष्पा चौधरी नियुक्त भएकीछिन । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले मन्त्रालयकी प्रमुख विशेषज्ञ रहेकी चौधरीलाई सचिवमा नियुक्त गरेको हो । स्वास्थ्य सचिवका लागि चौधरीसँगै प्रमुख विशेषज्ञद्धय डा. विनोदमान श्रेष्ठ तथा डा. सुशीलनाथ प्याकुरेल पनि प्रतिस्पर्धाम थिए । डा. किरण रेग्मीले गत मंसिर १८ गते अनिवार्य अवकास पाएसँगै स्वास्थ्य सचिव पद रिक्त थियो ।