दक्षिणी सुडानमा जातिय दंगामा २० जनाको मृत्यु


काठमाडौँ । दक्षिण सुडानको जोङले राज्यमा दुई समुदायबीच झडप हुँदा २० जना मानिसको मृत्यु भएको छ । झडपमा १८ जना घाइते भएका छन् । एक गाउँको नामाकरण गर्ने विषयमा विवाद हुँदा यति ठूलो मानवीय क्षति भएको हो । जोङले राज्यका सूचना मन्त्री जाकोब अकेच डेङले एउटा ठाँउको नाम परिवर्तन गर्ने विषयलाई लिएर भएको झडपमा उनीहरूको मृत्यु भएको बताएका छन् । पानविल भन्ने ठाँउको नाम एउटा समुदायले त्यही राख्नुपर्ने अडान राखेको छ भने अर्को समूहले त्यसको नाम परिवर्तन गरेर एन्युट राख्नुपर्ने माग गरेको छ ।