साता दिनमा ८० प्रतिशत फोहर ब्यवस्थापन, दोश्रो सप्ताह शुरु

0
Shares

रामधन राई, खोटाङ । खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाले शुरु गरेको ‘पुरानो फोहर हटाउ अभियान’ अन्तर्गत सप्ताहब्यापी सरसफाई अभियानमा ८० प्रतिशत फोहर ब्यवस्थापन गरिएको छ । ‘सुन्दर, सफा र स्वच्छ’ नगर निर्माणका लागि गत बुधबारदेखि शुरु गरेको सप्ताहब्यापी सरसफाई अभियानमा उल्लेख्य रुपमा फोहोर ब्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ ।
सरसफाई सप्ताहका क्रममा वर्षौदेखि थुप्रिएको पुरानो फोहोरलाई नगरकै लफ्याङस्थित ल्याडफिल्ड साईडमा ब्यवस्थापन गरिएको मेयर दिपनारायण रिजालले बताउनुभयो । सप्ताहब्यापी सरसफाईको समीक्षा गर्दै नगरपालिका तथा नगरवासीले व्यवस्थापन गर्न बाँकी फोहोरमैलालाई दोश्रो सरसफाई सप्ताहको रुपमा शरु गरेर ल्याण्डफिल्ड साईडमा ब्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका छन् । सप्ताहब्यापी सरसफाई अभियान सबै पक्षको सक्रियताका कारण सफल बनेको नगरपालिकाले दाबी गरेका छन् ।
स्थानीयले भने केही फोहोर हटाईए पनि बर्षौंदेखिको फोहोर उत्तिकै रहेको बताएका छन् ।