लघुजलविद्युत आयोजना बन्द हुँदा अन्धकार

0
Shares

विनोद सिंह विष्ट, बैतडी । आर्थिक अभावमा बैतडी र दार्चुलाका अधिकांस लघुजलविद्युत आयोजना धमाधाम बन्द हुदै गएका छन् ।
लघुजलविद्युत आयोजना बन्द हुँदा दार्चुलाको लेकम गाउँपालिका १ शर्मोलीका १२० घरपरिवार अन्धकारमा बस्न बाध्य भएका त्यहाँका स्थानिय बासिन्दाले बताएका छन् । लेकम गाउँपालिका १ चौडमा रहेको ११.५ किलोवाट क्षमता रहेको दानुगाड लघुविद्युत आयोजना ५ महिनादेखि बन्द हुँदा अन्धकारमा बस्न बाध्य भएका स्थानिय मान बहादुर कार्कीले जानकारी दिनुभयो । लघुजलविद्युत आयोजना बन्द हुँदा मोवाईल चार्ज गर्न समस्याका साथै विद्यार्थीको पढाई समेत प्रभावित हुने गरेको छ ।
तिन बर्ष अगाडीदेखि सञ्चालनमा दानुगाड लघुविद्युत आयोजना बेलाबेलामा बन्द हुने समस्याले गर्दा समस्या भएको छ । विद्युत सेवा सञ्चालनमा रहेका बेला पनि कुनै बेला कम भोल्टेज कुनै बेला बढी भोल्टेजको विद्युत प्रवाह हुने गरेको लेकम गाउँपालिका १ सेजालीका कमला कार्कीे जानकारी दिनुभयो । कम बढी भोल्टेज आउदा मोवाईल सेट ,चिम तथा बल्बका साथै विद्युतिय उपकरणहरु बिग्रिने गरेको छ उहाँले भन्नुभयो“ महिलाले घरायसी काम गर्न राती अबेर तथा बिहान सबेरै उठ्नुपर्ने भएकाले बिजुली बन्दा हुदा समस्या हुने गरेको छ ”
५ महिनादेखि लघुजलविद्युत आयोजना बन्द हुँदा लेकम गाउँपालिका १ का सेजाली, चौड, वित्थड, भरणकोटका १२० घरपरिवार अन्धकारमा बस्न बाध्य भएका छन् ।
३ बर्ष अगाडी राजाकोट युवा क्लवको पहल तथा गरिबी निवारण कोषको ३९ लाख तथा साविकको शर्मोली गाविसको २ लाख गरी कुल ४१ लाखमा आयोजना सम्पन्न भई सञ्चालनमा आएको थियो ।
गत भदौमा मेसिनमा खराबी आएकोले मर्मत गर्न आर्थिक समस्या रहेको दानुगाड लघुजलविद्युत आयोजनाका अध्यक्ष जनार्दन भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो“गाउँपालिका आर्थिक सहयोगको लागी अनुरोध गरेका छौ ,सहयोग पाएमा छिट्टै मर्मतको तयारीमा छौं”