दुर्घटनामा ४ को मृत्यु

0
Shares

मस्को, (एजेन्सी)
रुसको राजधानी मस्कोमा एक बस सडकबाट तल झर्दै सव–वेको प्रवेशद्वारमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा ४ जनाको मृत्य भएको छ भने अन्य ११ जना घाइते भएका छन्। भिडियो फुटेजमा बस सव–वेको सिँढीबाट तल झर्दै गरेको देखिएको थियो। उक्त दुर्घटना स्लाभियान्स्की बोलेवार्ड मेट्रो स्टेसननजिक भएको जनाइएको छ। अहिलेसम्म उक्त घटना कट्टरपन्थीसँग सम्बन्ध रहेको संकेत प्राप्त भएको छैन। चालकले प्रहरीलाई बस अनियन्त्रित भएको बताएका थिए। दुर्घटनाका बेला सडकमा बरफ जमेको थियो। मृत्यु हुनेहरू सबै बसको ठक्करबाट मरेका थिए।